Tuesday, June 7, 2011

नियति

लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा
सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा ।
गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण
कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।।
स्वार्थी भाव थियो थिएन जनता स्वाधीनता बिर्सियौ
सत्तामोह हुँदा गरेर झगडा लुछाचुँडी बल्झियो ।
गर्लान् काम नयाँ भनेर जनता विश्वस्त थे दिन्दिन
धोका मात्र दियो अडान हठले गन्तव्यमा छिन् छिन ।।
कालो दम्भ नपाल चित्त बीचमा छाती ठूलो लौ गर
फाली कल्मष देशको हर घडी नेपाल चिन्ता गर ।
सानो त्याग गरे रहन्छ जनता राष्ट्रियता बाँच्दछ
सत्ता बन्दुकको कडा जहरले नेपाल के हाँस्दछ ।।
भाषा, जाति अनेकको चहकिलो यो बाटिका सुन्दर
पेसा, धर्म अनेकता छ यसमा भूगोल झन् सुन्दर ।
यस्तो दिव्य मुहारको छ सपना सङ्घीय नेपालको
बाधा, बन्द , विरोधको नियति पो भोग्दैछ बेकारको ।।

उज्यालो देखिएन त

उज्यालो देखिन्छ त ?
उज्यालोमा जाओभन्दा नजाने
अँध्यारोमा जानुपर्ने
-यो कस्तो अफसोच !
-यो कस्तो विडम्बना !!
-भनौं यो कस्तो नरकीय यात्रा !!
उज्यालोमा आँखा चिम्लियो भने
अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ ।
अँध्यारोमा
दुवै हातले परेला फट्टयाएर
दुवै आँखा खोले पनि
उज्यालो देखिन्छ त ?
अँध्यारोमा हिँड !
अँध्यारोमा हिँड !
अँध्यारै, अँध्यारोमा हिँड्नुपर्छ
तर खोल मनको आँखा
बज्र बनाउ आफ्ना हात, पाखुरा,
पिडुला, छाती र तिघ्राहरू
लात हान !
अँध्याराका भिताहरूमा
भत्काउ, भस्म पार
ती बार, पर्खाल र परिधिहरू
हात, हत्केलाका औंलाहरूले
चकमक ढुङ्ग्ा घोटेर - आगो बाल !
तब !
अँध्यारोमा हिँड्ने तिमीहरूको आँखा खुल्छ
चमक फुल्छ
झिलिमिली उज्यालो हुन्छ
अब भन !
उज्यालो देखिएन त ?

किनाराहरूमा

वारि एउटा किनारा छ
पारि एउटा किनारा छ
म वीचमा छु किनाराहरुको

एउटा किनारामा घाम छ
एउटा किनारामा जून छ
दुवै किनाराहरू स्थिर छन्
म बीचमा छु र अस्थिर छु

म सँग जून छैन
म सँग घाम पनि छैन
केवल एउटा बेग छ मसँग
केवल एउटा गति छ मसँग
कहिले बेगिन्छु र जून बाट छेकिन्छु
कहिले बेगिन्छु र घाम बाट टाढिन्छु
तर बगिरहन्छु म
किनाराहरुसँगै
कहिले घामले छुन खोज्छ अलिकति तातिन्छु
कहिले जूनले छुन खोज्छ अलिकति चिसिन्छु
घरी एउटा किनारा भत्किन्छ फेरि बन्छ
घरी अर्को किनारा भत्किन्छ फेरि बन्छ
यसरि -
बगिरहन्छु म
दुबै किनाराहरू छुँदै
कहिले हावा जस्तै
कहिले हुरी जस्तै

तर
पहिले किनारा बनेर म बगेको हैन
पहिले म बगेर नै किनारा बनेको हो l

प्रेमपत्र

मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा।
"दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।"
ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।
"प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र?"
निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई पन्छाउँदै उसले भनी । म मौन रहेँ ।

"त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो त राज?"
मसँग मौनता बाहेक उसको प्रश्नको लागि अर्को उपयुक्त उत्तर नै थिएन ।
"तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।"
यो पल्ट मैले मुख खोलेँ - 'हुन्छ ।'

उ भन्दै गई । मै लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।
म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद जानाजानी ।

त्यसको केही समय पछि मैले आफ्नै शब्दहरू गुँथेर प्रेमपत्र लेखेँ तर अरूकै लागि । म लेखनदास, तमसुक होइन प्रेमपत्र लेख्दै छु अनि काम चाहीँ हुँदैछ अरू कसैको ।

भर्खरै जस्तो लाग्छ ‍हरि र निरुको बिहेभोज खाएको । जुनदिन पछि प्रेमपत्र लेख्ने आवश्यक्ता नै रहेन । कति लामो समय बितिसकेछ । कस्तो होशै भएन ।
 ***
"के नचाहिँदो कुरा गरेको । दिनभरि घरमा झोक्राएर बसिरहछौ अनि आउँछन् यस्ता उट्पट्याङ विचारहरू। कति चोटी भनिसकेँ मसँग भजनमण्डीमा हिँड भनेर ।"
रिसाउँदा हरिले आँखीभौँ माथि उचाल्छ अनि यस्तो लाग्छ उसको चाउरी परेका गालाहरूको मुजा सोहोरिएर उसको निधारमा आइपुगेको होस् । ओठहरू खुल्दै बन्द हुँदा भित्रबाट चिहाउदै गरेको उजाड प्रदेशमा ठडिएको स्तम्भ झैँ लाग्ने उसको एक्लो दाँतलाई देख्दा अरू बेला त मलाई निकै हाँसउठ्थ्यो । तर अहिले मलाई अरू नै कुराले पिरिरहेको छ ।
'होइन, मैले प्रेमपत्र लेखेकै छैन !'
"ए बुढा फुस्क्यौ कि क्या हो, नातिनिले सुनी भने के भन्ली ?"
'होइन हरि मैले बिर्सेछु । यत्तिका वर्ष बिते, प्रेमपत्र लेख्नै बिर्सेँछु ।'
"अनि भाउजुलाई कसरी फसायौ त ?"
'फोनबाट । पत्रको आवस्यकता नै परेन । मेरो प्रेमको प्रमाण केही छैन हरि ।'
"तिमी पनि बेला-बेला अचम्मकै कुरा गर्छौ ।"
'हैन हरि मैले साँच्चै बिर्सेँछु ।'
अब सायद हरिलाई मैले ठट्टा गरेको हैन भन्ने थाहाभयो ।
"राज म तिम्रो कुरा बुझ्छु । तिमीलाई भाउजुको सम्झना आयो । मेरो पनि त त्यस्तै छ । के गर्नु जीवन यस्तै हो । आए पछि सबैले..."
'भो भो हरि यो भन्दा बढी नबोल । मैले जीवनमृत्युको कुरा गरेको हैन । तिम्री भाउजु मेरो मुटुभित्र छे । मलाई दु:ख त उसलाई प्रेमपत्र लेख्न नपाएको मा छ । जिन्दगीले बडो नराम्रोसँग नचायो । अहिले यो ठाउँमा उभिएर हेर्दा यात्रा त जहाँबाट सुरू गरेँ त्यहीँ पो आइपुगेछ । एक्लै थिएँ तिम्री भाउजु अगाडि, एक्लै नै छु ऊ गएपछि पनि । सोचेको थिएँ उसलाई प्रेमपत्र लेख्छु र पोस्ट गर्छु उसलाई पत्तै नदिई । तर हरी ...'
***
"हजुरबुवा कविता लेखिदिनु भयो ।"
'मेरी प्यारी नातिनीले भनेपछि लेख्दिन त !'
"अब त म फेरि प्रतियोगितामा फस्ट हुने भएँ ।"
मेघना कविता लिएर ढोकातिर गई । ढोका छेउमा पुगेर केही छिन अडिई र फर्केर म छेउ आई ।
"हजुरबुवा एउटा कुरा भन्छु नरिसाउनुस् है !"
उसले आँखा चिम्लिएकी थिई । उसको कपाल निधारबाट तल झरेर आँखासम्म आइपुगेको थियो ।
"हजुरबुवा मलाई एउटा चिठी लेखिदिनुस् न !"
'कस्तो चिठी नानु ?'
उ केही भन्न खोज्छे तर आवाज निस्कँदैन ।
'प्रेमपत्र हो ?'
उ छक्क पर्छे, थोरै लजाउँछे, अनि बिस्तारै टाउको हल्लाएर हो भन्ने इसारा गर्छे ।
म खुसी हुन्छु । उसको टाउको प्रेमपूर्वक मुसार्छु ।
'आऊ यहीँ नजिकै बस । भन को हो त्यो भाग्यमानी जसलाई मेरी राजकुमारीले प्रेमपत्र लेख्न खोज्दै छे ?'
"रोहित ।"
प्रिय रोहित,
मेरा दिनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् ।
तिम्रो मीठो सम्झना शीतल पवन बनेर पत्र-पत्र छुँदै ...
***
"भजनमण्डलीकी कुनै बुढी फसाएनौ ? प्रेमपत्र लेख्नु छ भने भन है !"
मेरो कुरा सुनेर हरि अवाक हुन्छ । उसको मुख खुलेको छ । उसको सान धानिरहेको एक्लो स्तम्भ पनि ढलेछ। म खित्का छोडेर हाँस्न पुग्छु ।

देवता म होइन

जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ? जीवन-यात्राको अन्तिम बिसौनी यो वृद्धावस्थामा अनेकौं रोगहरू पाली, असङ्ख्य गुनासाहरू बोकी अझै कति दिन अल्भिmने हो कुन्नि ? मृत्यु उछिनेर जीवन अँगालेर कुदिरहेका मेरा पाइलाहरू अब निक्कै सुस्काइसकेका छन् । कुनै बेला पनि यो प्राण हुरुक्क जान सकिने छ, आफूभित्र जीवन-यात्राको सहस्र अनुभूतिहरू सँगालेर, मात्र अनुभव र अनुभूतिहरू ।
कसैले सोधेको थियो, तपाईं हिजोआज कसरी दिन बिताउनु हुन्छ ? हाँसेर जवाफ दिएको थिएँ मैले । आफैँलाई विगतका कथाहरू बाँचेर । जीवनका विभिन्न शृङ्खलाहरूमा घटिरहेका असङ्ख्य घटनाउपघटनाहरूको खण्डित-विखण्डित सम्झनाहरू मस्तिष्कमा छालहरूजस्तै घरिघरि उर्लिरहन्छन्, तरङ्गिरहन्छन्, लछारिरहन्छन् र लोप हुन्छन् पुनरावृत्तका लागि ।
जानकी, आज म तिमी र रविलाई घरिघरि सम्भिmरहेछु । हिजो दिनेश आएका थिए छोरोलाई साथमा लिएर । त्यस्तै तन्नेरो छोरो थियो हाम्रो पनि हगि । सम्झन्छु कसरी हामीमाथि बजारिन पुगेको थियो अनायस एउटा अकल्पित पीडा, एउटा मर्मस्पर्शी विजोग, एउटा कहालीलाग्दो त्रासदि । राजनीतिक, सामाजिक चेतनशील छोराको अकाल मृत्यु, जुलुसमा प्रहरीको निर्मम गोलीको शिकार । छोरा सहिद भएछ भन्दै हामी एकअर्कालाई सान्त्वना दिँदै आँसुको भेल सुकाउन प्रयास गथ्र्यौं हगि । आँखाको आँसु त सुकिदियो समयको फेरोसँग तर भित्रीमनको घाउ आलै रहृयो सधैंँभरि । तिमी विक्षिप्त जस्तै भएकी थियौ, जानकी । तिम्रो ओठमा हराएको आन्तरिक सुखको हाँसो फेरि फर्किदिएन तिम्रो मृत्युको घडीसम्म पनि ।
खोई रवि, तिमीले एउटा सफल मृत्यु मरिदियो वा दिएन आज म किटेर भन्न सक्तिनँ । सुख, शान्ति र सन्तोषको सास आजको घडी पनि यो नेपाली जनताले फेर्न सकेको छैन । हामीभित्र एउटा अनिश्चित, दिशाहीन, सम्भावनाहीन देश दुखेको दुखेकै छ ।
अँ, हिजो दिनेश आएका थिएँ, छोरालाई साथमा लिएर, मेरो आर्शीवाद थाप्न भनेर । भन्दै थिए, नाउँ मात्र रामचन्द्र हैन, तपाईं पनि अब देवता हुनु भएछ । यो छोरालाई आर्शीवाद दिनुस् एस.एल.सी. जाँचमा राम्रो श्रेणीमा पास होओस् भनी ।
उनको भनाइको तात्पर्य थियो, मेरो उमेरले पनि सतहत्तर वर्ष, सात महिना, सात हप्ता, सात दिन, सात घडीको क्षणको देवरथारोहण अर्थात् बूढोपास्नी पार गरिसकेको छ । परम्परागत धारणाअनुसार म देवताको स्थानमा आसिन भई पूजा गरिनु योग्य भइदिएको छु ।
भो, मलाई कथा पुराणको देउताको उपमा दिएर बढी लज्जित नपारुन् । सोच्छु, धेरैजस्तो हामी नेपालीको ईश्वरवोध आजको युगमा पनि आदिम मान्छेको ईश्वरवोधभन्दा कति पनि विकसित भएको रहेनछ । देवतालाई हामी ईश्वरकै निम्तिभन्दा ज्यादा दैवी प्रकोपको चेतन, अवचेतन त्रासको कारण पूजा गर्छौं र एउटा भ्रष्ट अधिकृतजस्तो चाकरी, घूस, षड्यन्त्र र प्रतिशोधको योग्य ठान्छौं । देउतालाई हामी सृष्टिकर्ता मान्छौं र पनि रगत-प्यासी सम्झी मान्छेको आदिम प्रवृत्ति, आदिम प्रचलन बलीप्रथालाई प्रतिरोधबिना सहिदिन्छौं । जति विरोध गरोस् अन्तर्राष्ट्रिय पशु संरक्षक सङ्घ, हामी कान थुनेर बसिदिन्छौं ।
उफ, यी नशाहरू आज सुस्काइसकेका छन्, यद्यपि आफूभित्र विद्रोहका लाभाहरू अझै निभेका रहेनछन् ।
जानकी, तिमीलाई थाहा छ, मलाई थाहा छ, मैले एक युग अगाडि संस्कारलाई चुनौती दिई सामाजिक आस्था र मूल्य मान्यताप्रति पारम्परिकभन्दा भिन्नै दृष्टिकोण अपनाई हिँडिदिएको थिएँ ।
हो, मैले सनातन पुरुष आदर्शलाई आजको जिजीविषामा एक पक्षीय, अन्यायी र नारी विरोधी भनेर घोषित गरिदिएको थिएँ । उनीहरूले भने, म नामर्द भएँछु, नपुङ्सक बनेछु ।
आफूसँग हुर्केका पुराना थोत्रा आडम्बरहरूलाई सर्पले काँचुली फेरेजस्तो एकएक गरी फ्याँक्न खोजेँ, उनीहरूले भने, म अराजक भएँछु, संस्कृति विरोधी बनेछु ।
जसलाई मैले मेरो नयाँ आदर्श मानेँ, उनीहरूले त्यो मेरो पतन हो, पथभ्रम हो भने ।
आज म भन्छु, समयको प्रवाहसँग अरूलाई उछिनेर बगिदिन मैले सिकेको छु ।
सम्झन्छु विगतको त्यो साँझ अकस्मात् ढोका उघारेर कोठाभित्र पसेकी जानकीलाई देखेर आश्चर्यचकित हुँदै मेरो मन रिसले रन्थनिएको थियो । त्यतिबेला तिरस्कारका लाभाहरू बाहेक केही शिष्ट शब्दहरू मभित्र पलाएको थिएन । लागेथ्यो, हृदयमा बगर कतै उसमाथि मायाको शेष थिएन, कुनै आशक्ति आकर्षणको झझल्को थिएन । सबै मरिसकेका थिए, तीन वर्षको अपमान, हेला र एकाकी जीवनको मौन पीडामा डुबेर ।
राँडी, कुन नाता जोडेर फेरि आपुगेकी होला ? लाज शरम त्यागेकी बेश्ये कसरी फेरि मेरोसामु पर्न सकेकी ?
के उसले घर त्यागेकी दिन त्यति चाँडै बिर्सिएछु र ?
पुस महिनाको दिनभरि बादलले धुम्मिएको आकाश बोकेको त्यस दिनको सम्झना कहिल्यै नमेटिने गरी मस्तिष्कमा छाप मारी बसेको छ । बिहान सबेरै नुहाइधोइ बाबुको श्राद्धमा माइतीघर जान भनी काठमाडौँको बस चढ्न बस विसौनीतिर हिँडेकी थिई । साथै केही लुगाफाटाहरू झोलामा बोकेर लगेकी थिई, दुईचार दिन माइती बसेर आउँछु भनी ।
ऊ माइती आइन रे !
नाताकुटुम्ब, इष्टमित्र कतै पनि
आइन रे !
केही दिन सोधपुछ खोजखबरी गरिएको थियो तर सबै प्रयासहरू निष्फल रहे । मानौं अन्धकारको गर्भले निलिदिएझँै कतै केही नाम निशाना नछोडी ऊ अनन्त गायब भइदिई ।
अन्त्यमा सबैले एकै मुखलेझैँ निष्कर्ष गरे, जानकी पोइल गइछ ! लगतै नानाथरिका टीका-टिप्पणीहरू उसको चरित्रमाथि बुनि लागे ।
मान्छेहरूले भन्न लागे.....काठमाडौँ सहरकी केटी न हो, छाडा, उताउली....फेरि बाउ पनि नभएकी......व्वाइप|mेन्ड लिएर हिँड्थी.....त्यसैले कान्छा बाले टाढा भादगाउँमा बिहे गरेर पठाएछन् । ....बिहे अगाडि केटाले उसलाई लग्न चाँजो मिलेन होला, बिहेपछि उडाएर लग्यो.....होला नि कतै मधेस पहाडको मान्छे....लग्यो होला कही अन्कन्टार आफ्नै घरमा....।
र म....?
स्वास्नीबाट परित्यक्त पुरुष....।
हीनताबोध र आत्माग्लानिको विडम्बनामा धेरै दिन पिरोलिरहेँ । अथाह पीडामा भित्रभित्रै म सल्किरहेँ सडकमा फ्याँकिएको चुरोटको सल्किरहेको ठूटो जस्तो ।
परिस्थितिसँग सम्झौता गर्नुबाहेक अर्को विकल्प नै के थियो र ? यद्यपि दोस्रो बिहे गर्ने परिवारको आग्रह मैले नकारी रहेँ ।
सँघारमा उभिएकी जानकी मेरा आँखाको क्रोधाग्नि देखेर हो कि जहाँको त्यही जमिए जस्तो ठिङ्ग उभिएकी थिई ।
लाग्यो, अगाडि सरुँ या बाहिर निस्कूँको दुविधामा ऊ क्षणभर अलमल्लिरही तर एक निमेषमा हुत्तिएर मेरोसामु आई भक्कानो फुटाएर रुन लागी ।
माया र संवेदना होइन घोर वितृष्णामा मैले सोधेथें, "किन आइस् ? पोइल गएर पुगेन तँलाई Û फेरि यो के को
नौटङ्की ?"
आँसुको धारा र भक्कानोबीच उसले फलाकी, "पोइल गएकी होइन । मेरो अपहरण भएको थियो ।"
अपहरण......? छाँगाबाट खसेजस्तो क्षणभर म स्तब्ध भएथेँ । अवाक परेथेँ ।
"हो....अपहरण । किन कसैले मेरो खोजखबरी गरेन ? के स्वास्नीमान्छेको जीवन त्यति सस्तो छ ? के दिइसकेकी चेलीबेटी आफन्त कहलिन कोही छैन ? "
आँसु पुछी केही सामान्य भइसकेपछि उसले आफ्नो कथाब्यथा सुनाएकी थिई ।
.....बस बिसौनीतिर हिँडिरहेकी थिएँ म त्यो बिहान । पातलो तुवाँलोले जमिन अझै ढाकिएको थियो । एउटा कालो गाडी मेरो छेउमा रोकी एउटा लोग्नेमान्छे र एउटी स्वास्नीमान्छे गाडीबाट ओर्ली मलाई लायकू दरबार जाने बाटो सोधे । त्यसपछि के भयो मलाई केही होस भएन । क्लोरोर्फम सुँगाएर मलाई बेहोस् पारी गाडीमा राखी लगेका थिए रे । बेलाबेलामा होस आउँदा इन्द्रीयहरू लठ्ठ पर्ने सुइ लगाएका थिए रे । मलाई राम्रोसँग होस आउँदा म मुम्बाईको कोठीमा बेचिइसकेकी थिएँ ।
त्यसपछिका दिनहरूमा यो शरीर र मनले मैले कहिल्यै कल्पनासम्म गर्न नसकिने भयङ्कर सास्ती, यातना भोग्न म लाचार परेथें । पशुभन्दा पनि मान्छे कतिसम्म निर्घिनी, निर्दयी, अधर्मी हुँदोरहेछ भन्ने कुरा त्यतिबेला नजिकबाट जान्न, चिन्न र भोग्न म बाध्य भएँ । यो शरीरलाई कसरी सियो, पेटी, बेत र खुर्सानी आदिले सास्ती गर्दोरहेछन् र कुन हदसम्म शरीरले कष्टहरू बहन गर्न सक्दोरहेछ भन्ने निजी अनुभव गरेथेंँ । कतिपल्ट सहनशक्तिको सीमा नाघी मूर्छित परेथें । मूच्र्छाबाट बिउँझिँदा आफ्नै रगतको आहालमा, दिसा र पिसाबमा लट्पटिएको शरीर पाउँथे । के गरेनन् उनीहरूले बेश्ये बन्न मेरा अवरोधहरू तोड्न र भाँच्न । जबर्जस्ती भाङ खुवाएर इन्द्रीयहरू लठठ्याएर मेरो सामूहिक बलात्कार गरिएको थियो । त्यसपछि आफ्नै शरीर पराईझैँ लाग्न थाल्यो र शरीरमाथि बुझ्नै नसकिने घृणा र आशक्ति जाग्न थाल्यो ।
यसरी मेरा प्रतिरोधहरू एकएक गरी निर्मम भाँचेर मलाई जीवित मूर्दातुल्य बनाई कोठीवालाहरूको आत्माहीन रोबोटको स्थितिमा बाँच्न बाध्य तुल्याए । हो म बेचिसकेँ दिनरात पुरुषको बासनाको कठपुतली बनेथेँ । अपार्टमेन्ट र होटलहरूको कोठामा मेरो यौवन, मेरो देह निर्मम भोगिन्थ्यो, लुछिन्थ्यो, लुटिन्थ्यो ।
सोचेथेँ मेरो जीवन त्यही नरकतुल्य संसारमा बिस्तार बिस्तारै सडेर अन्त्य हुनेछ । संयोगवश हिजो राति होटेलको लिफ्टमा एउटा युरोपेली दम्पतिसँग अचानक भेट भयो । उनीहरू अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घसँग सम्बन्धित रहेछन् । मेरो कथाव्यथा सुनिसकेपछि उनीहरूले मलाई काठमाडौँ जाने हवाईजहाजको टिकट किनी आफैँले एअरपोर्टसम्म पुर्‍याइदिए ।
माया मारिसकेकी अचानक प्रत्यक्ष भएकी जानकीको त्यो मुटु नै चिरिनेजस्तो टिठलाग्दो कथा सुनेर मन एक तमासले खलबलिन्छ । अनायास स्पन्दित हुन्छ मेरो छाती, अन्तरआत्माबाट पलाएर आएको महकरुणाले । आँसुले टलपलिएका आँखाहरू भुइँमा अस्तव्यस्त भई कुपि्रएर बसेकी, चुटिएर, लुछिएर आएकी त्यो युगौंयुगको यौन शोषणको प्रतीकमाथि छताछुल्ल पोखिन्छन् ।
हो, मेरोसामु दुई विकल्पहरू थिए, या त परम्परागत शैलीमा बेश्या बनिसकेकी स्वास्नीलाई निस्काशन गर्नु अथवा बुद्धको शैलीमा करुणादु भई अङ्गिकार गर्नु ।
थाहा छ, यो पितृसत्तात्मक समाजमा न अहिले लोग्नेको थरलाई आफ्नो घर ठानेर ओत लाग्ने, न माइती भनेर माइतीघरमाथि हक अधिकार जनाउन सकिन्छ उसले । जीवन र जगत्को टर्रो तीतो स्वाद चाखेर आएकी त्यो हृदयविदारक मूर्तिलाई पुरानो शैलीमा भकुरेर निकालिँदा फेरि कुन नैसर्गिक जङ्गलमा हराउने हो कुन्नि ? कुन अधर्मीको क्रूर पञ्जामा प"mसिने हो ? एउटा संरक्षणको तृष्णाले कतिओटा ढोकाहरू ढकढकाउँदै बिजोग भोग्नुपर्ने हो ?
जानकी, तिमीलाई मैले पो अङ्गिकार गरेँ तर तिमी अटाइ दिइनौ कतै एउटा पारम्परिक संयुक्त परिवारमा । ग्रहण लागेको चन्द्रमाझैँ दागी ठानियौ तिमी, त्यतिबेलाको सम्भ्रान्त समाजमा । फलतः हामी घर छोडी डेराबासी बन्न बाध्य भयौँ । आफ्नो जन्मस्थल र कर्मस्थल त्यागी हामी मधेस लाग्यौँ ।
स्मृतिहरूको अथाह सागरमा हराएको थिएँ म चुर्लम्मै, छोरीनाति आइपुगेको थाहै पाउँदिन ।
'हजुरबा चिया......।' भन्दा म अलि झस्केर विगतबाट वर्तमानमा झर्छु ।
उफ, यो वर्तमान, मेरो वर्तमान, चिनी नभएको तीतो चिया खानु बाध्य मधुमेहको रोगीको वर्तमान ।
मानौँ मेरो मनको कुरा बुझेजस्तो अलि मुस्कुराएर अनुप भन्छ, "आजको चिया अर्कै चिया । तीतो होइन गुलियो चिया । मधुमेहको रोगीहरूलाई पनि हुने चिनीले जस्तै गुलियो पार्ने साकरिन भन्ने चक्कीहरू बजारमा पाइँदोरहेछ । कस्तो हामीले थाहै नपाएको । सबिनले भनेर पो थाहा पाएँ ।"
गुलियो चियाको चुस्कीमा रमाउँदै म हर्षविभोर भई भन्छु, "कति दिनपछि आज मलाई चियाको स्वाद चियाजस्तै लाग्यो । के नाम रे यसको ?"
"साकरिन ।" उसले हाँसेर दोहोर्‍याउँछ ।
"साक...रिन ।" त्यो बिरानो शब्द म बिस्तारै दोहर्‍याउँछु, आभारी मनले ।
लाग्छ आजका तन्नेरीहरू हिजोका तन्नेरीहरूभन्दा बढी जान्ने, सुन्ने, बुझ्ने भएका छन् । आधुनिक सभ्यताको सकारात्मक फल चाखी निकै ज्ञानी भएका छन् ।
प्रतिदिन खस्किँदै गइरहेको मेरो शरीरको बल, जाँगरलाई यो ठिटो क्यालसियम र भिटामिन चक्कीहरूले दरिलो पार्न जमर्को गर्दछ । उफ, यो ठिटो मेरो उमेर र प्रकृतिसँग अनन्त लडिरहेको छ र मलाई बाँच्नको लोभ बाँड्दैछ ।
गार्मेन्ट कारखानामा काम गर्ने यसकी आमा सधैँभरि काममै ब्यस्त, सधैँभरि ओभरटाइम काम, सधैँभरि थाकेकी । बुबाचैँ एम.ए.को सर्टिफिकेट दराजमा थन्क्याई ट्याक्सी चलाउँछ, बाध्यताको कारण ।
भाइचैँ इन्टरनेट क्याफे भन्यो, इमेल, च्याट, साइवर गेम्स, भिडियो त्यस्तै के के न भन्यो, दिनभरि गायब बिदाको दिन । आफ्नै धुनमा मस्त हिँड्छ, अरु कसैको पर्वाह छैन ।
"हजुरबा, भोलि दिउँसो हामी दुई तीन घण्टा थापाथलीको वृद्धाश्रम जाने प्रयोजन गरौँ है । त्यहाँ नाचगानको कार्यक्रम छ रे, जलपान पनि हुनेछ रे । यहाँ एक्लै मनमा कुरा खेलाएर धुमधुम्ती बस्नुभन्दा अलिकति मन बहलिन्छ कि । सायद हजुरबाको पुराना साथीहरू पनि भेटिने छन् कि ......।"
हृदय आहृलादित हुँदै एकटक म उसको हँसिलो अनुहार र चम्किला आँखाहरू हेर्दै मनमनै हाँस्छु ।
लाग्छ, यो नाति आफ्नो तन्नेरी उत्साह र बाँच्नको रहर मलाई सापटी दिँदैछ । यो कलिलो उमेरमा यति महान् संवेदनशील हृदय यसले कहाँबाट पाएछ हँ ? यो ठिटोजस्तो मान्छे होइन मानवीय गुणहरूले निपूर्ण साँच्चैको मान्छेको सहस्त्र क्लोनिङ हुने भए यो पृथ्वी अलि बढी जिउने लायक हँुदैन र ?
आज फेरि यसले मलाई आफ्नो पिँढीप्रति कृतज्ञ बनाई छोड्यो । हृदय अवरुद्ध भई मेरा आँखाहरू रसाउन थाल्छन् ।
'लौ न नि, हजूरबा त रुनु पो भएछ । किन हँ ? मैले अञ्जानमै केही बिराएँ कि ?" अवाक् भई अनुपले सोध्छ ।
"हैन, हैन, यी त हर्षका आँसुहरू हुन् लाटा......।" भन्दै म आँसु पुच्छु

मान्छेको छाउरो

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी - क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं...! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।

किस्नेलाई यो मन पर्दैन।

ढोकाबाहिर चिसो सडकमा नाङ्गो आकाशमुन्तिर जरुवा पानीझैं यो आवाज भुलुभुलु उम्रेको छ, प्रत्येक पछिल्लो क्षणमा झ्याङ्गिदो छ र किस्ने ढोकाभित्र रेष्टुराँको चिसो छिंडीमा शीताङ्ग छ। विचित्र किसिमको जाडोले ऊ काम्दो छ। उसका पैताला भुइँजति चिसा छन्; औंलाका टुप्पामा ठिही छ। अनि घुँडामा एक किसिमको दुखाइ छ। जति बढी चिसिंदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ। उसलाई पनि एक पटक त्यै कुकुरको छाउरोजस्तो गी कराउन मन लाग्छ। तर सक्तैन। किनभने ऊ मानिसको छाउरो हो र ऊ ढोकाभित्र छ।

त्यसैले किस्नेलाई त्यस कुकुरको छाउरोको आवाज तीतो लाग्छ। के ढोका खोलिदिऊँ, छाउरो भित्र पसोस्, अँगालेर सुतूँ, उसलाई पनि तातो, आफूलाई पनि तातो, ऊ सोच्छ! विचार बेसै हो, ऊ विचारप्रति विचा गर्छ। तर ऊ ढोका खोल्न उठ्दैन। दुइटा बेन्च जोडेर सुतेको छ। सासको तातोले अनुहार र छाती, काखीको तातोले दुवै हत्केला तातेका छन्। ती जम्मै सेलाउँछन् ढोका खोल्न उठ्यो भने। पैताला हिमाल हुन्छ। अहँ, ऊसँग त्यति जाँगर छैन। छाउरो अझ तीव्रतासाथ उकेल्छ उसको छातीमा नअटाएका तीतो।

रेष्ट्राँ बाह्र बजे बन्द भयो होला। तीनटा ऊजस्ता मसिना भुरा केटाहरु तीनटा लाठे कुकहरूसँगै गए। तिनीहरू कुकहरूकै डेरामा कुकहरूसँगै सुत्छन्। चौथो कुकसँग ऊ सुत्दथ्यो, जसले एक महिनाअगाडि मात्रै एउटी रण्डीसँग बिहा गरेको छ। अत: किस्नेको ठाउँ स्वत: त्यस रण्डीले लिएकी छ। यसरी हाल ऊ रेष्ट्राँमा सुत्ने गर्छ, एक्लै। काठमाडौंमा उसको जाडोको यो दोस्रो अनुभव हो। पोहोरको हिउँद उसले पल र जूलीसँग सुतेर बितायो। पल एउटा फ्रेन्च हिप्पी र जूली एउटी डच हिप्पिनी। उसको पहाडमा यस्तो विधि जाडो हुँदैनथ्यो। पोहोर दशैंताक ऊ यहाँ सडकमा सुतेर बिताउँथ्यो तैपनि यस्तो जाडो लागेको थिएन। कुकुरको छाउरो किन त्यसरी कराएको हँ? भोलि बिहानसम्म पक्कै मर्छ क्यार! कि ढोका खोलिदिने हो?
(अब छाउरो धेरैचोटि क्वाइँ क्वाइँ नगरेर थोरैचोटि तर धेरै लामू समयसम्म र जोडसँग क्वाँ... ईं... क्वाँ... ईं... गर्न लागेको थियो।)

घरबाट भाग्दा ऊ माग्ने हात र खाने मुख मात्रै बोकेर आफ्ना खुट्टामा सवार भएर भागेको थियो, मूलबाटै मूलबाटो। उसलाई थाहा थियो, सुनिरा'को थियो, पढेलेखेका ठिटाहरु नेपाललाई 'काठमाडौं' पनि भन्छन्, खूब बयान गर्छन्। अत: उसले 'तीन सहर नेपाल' जाने मूलबाटो समायो। उसले धुलिखेललाई 'नेपाल' भनिठान्यो, बनेपालाई 'नेपाल' भनिठान्यो, ठिमीलाई 'नेपाल' भनिठान्यो। नयाँसडक आइपुगेपछि चाहिं सक्कली 'नेपाल' आउनै छ भनिठान्यो।

धुलिखेल आइपुग्दा ऊ दुई दिनको भोको थियो र एउटा होटलमा भाँडा माझ्न थाल्यो, अहिले पल्टिरहेको होटेल उसले काम गरेको अठारौं होटेल हो। बीचमा ६ महिनाजति ढाक्रे थियो। दुई महिना माग्ने पेशा अपनायो। वसन्तपुरको पेटीमा सुत्यो। हिप्पी र टुरिस्ट देखेपछि सबै भुराजस्तै ऊ पनि हात फैलाएर पछि लाग्यो -
'नो मामा
नो पापा
नथिङ् टु इट
हँग्री: प्लीज!'

यो त्यहाँ सुत्ने सबै भुरालाई कण्ठै थियो, कुन्नि कसले सिकाइदिएको, सायद कुनै हिप्पीले जुन आफू पनि मागेर हिंड्थ्यो र बेलामौकामा तिनीहरूसँगै त्यहीं सँगै सुत्थ्यो।

किस्ने अझ सेलाउँदै जान्छ। सुत्ने बेलामा उसले आफूलाई रनक्कै तताएको थियो। गाँजा-चरेसको धूवाँले, बिहानदेखि सल्किरहेको हीटरको बाटो साटो काम लिइएका चार-पाँचओटा दमचुलीको मकलले, मान्छेको भीडले पनि कोठा केही तातै थियो। सुत्ने बेलामा उसले जम्मै मकलका गोल निथारपिथार पारेर एउटैमा खन्याएर भुङग्रो चम्काएको थियो र हातखुट्टा सबै तताएको थियो। त्यै रन्कोमा ऊ दुई-तीन घण्टासम्म निदायो पनि तर अहिले ब्यूँझेको छ। ... सायद छैन। उसले यो निधो गर्न सकेको छैन, ऊ निदाएको छ वा ब्यूँझेको छ। बिहान सात बजे मालिक ओर्लन्छ। त्यति बेलादेखि राति बाह्र-एक बजे मात्रै कामको जुवा काँधबाट ओर्लन्छ। त्यस बेला मालिकको, साथी बेराहरुको, कुकहरुको आँखा छलेर उङ्नसम्म पाइन्छ। अनि, कहिल्यै अघाउन्जेल सुत्न नपाएको निद्रा, थकाइ र आलस्यको बोझले गर्दा जति जाडो भए पनि, जति चिसो भए पनि ऊ राम्रै ब्यूँझेको छैन। तर ऊ छाउरो रोएको तीतो स्वर अवस्य सुनिरहेछ र बिथोलिरहेछ। ढोका खोलेर त्यसलाई हुलूँ कि नहुलूँ? दोधारमा छ।

उसलाई थकाइ, निद्रा र आलस्यभन्दा चिसो र ब्यूँझाइले जितेछ क्यार, सिरानमुनिबाट उसले एउटा चरेस भएको चुरोट झिक्छ, जुन आज दिउँसो उसलाई बयाथी भन्ने अङ्ग्रेज हिप्पिनीले दिएकी थिई। सल्काएर सुईसुई तान्न थाल्छ।

पल यो हिउँदमा, नोभेम्बरमै फेरि आउँछु भनेर गएको हो; क्रिसमस भैसक्यो, तर आएन। पलसँग दोस्ती भएपछि ऊ पलसँगै सुत्न लाग्यो। पलसँगै खान। पलसँगै डुल्न।

पलले उसलाई बालगिरीको होन्डामा बारबीसे डुलाउन पनि लगेको थियो। पल नाङ्गै सुत्थ्यो। मागेर हिँड्नेताका गाँजा खान, चरेस खान उसले पनि पलसँगै सिकेको हो। पल भन्थ्यो, "म तँलाई माया गर्छु।"

किस्नेलाई पनि पलको माया लाग्छ। तर यो हिउँदमा, यो चिसोमा ऊ पलको अँगालोमा सुत्न पाएन। पल आएन, न जूली नै आई। जूली त नेपालमा थिई, साथीहरुसँग ट्रेकिङमा गएकी तर फर्किन। साथीहरू पीटर, क्रिस्टी, ओभ, मेडलिन सबै फर्किसके। ऊबारे सोध्दाखेरि 'हू नोज?' भन्छन् जसको ठीक अर्थ किस्नेले बुझ्न सकेको छैन।

जूलीले पनि उसलाई महिनौं आफ्नू कोठामा सुताएकी छ। आफूसँगै; तर जूली नाङ्गै सुत्दिन। एक दिन मध्यरातमा कुन्नि कताबाट बब आइपुगेपछि जूलीले उसलाई निकालिदिएकी थिई, रण्डी!

ऊ त्यै चुरोटसँग जोडेर चरेस भरेको अर्को चुरोट सल्काउँछ। चरेसको मातले उसको टाउको घुमाउन थाल्छ। उसलाई लाग्छ ऊ आफ्नू ओछ्यानबाट केही उचालिंदैछ। बाहिर छाउरो कराउँदैछ। जूलीले भनेकी थिई, चरेसले सोझै स्वर्गमा पुर्याउँछ। धरतीरूपी नर्कमा बस्नु पर्दैन, यो उसले अरूसँग अर्थ लाइमागेर जानेको। उसले जान्ने अङ्ग्रेजी त 'यस' र 'नो' अनि अलि-‍अलि टाकनटुकन मात्रै हो। सोच्यो ऊ स्वर्गतिर जाँदैछ, छाउरो रुँदैछ। उसले आफ्नै आमा सम्झ्यो, जूली पनि उसलाई कता-कता आमाजस्तै लाग्थी। उसलाई मायाले टाँस्थी पनि। एक जोर दोचा किनिदिएकी थिई।

ऊ पन्ध्र सालको अनिकालमा जन्मेको थियो र, जन्मेकै वर्ष बाबु खसेको र पच्चीस सालमा आमा पोइल गएपछि झड्केलो बाबुको कुटाइ खाएको बेहोसीमा, दशैंको मुखमा घर छोडेर भागेको थियो।

चरेसको सुरमा ऊ झड्केलो बाबुको जुँघा सम्झिन्छ। पलमा उसले आफ्नू झड्केलो बाबु देख्न सकेन... अब साँच्चै ऊ केही सम्झन सक्तैन... साँच्चै स्वर्ग जाँदैछ क्यार... ऊ चरेसको धूवाँ निल्दै जान्छ... ऊ त्यो कुकुरको छाउरोको तीतो आवाज सुन्न छाड्छ (यद्यपि त्यो छाउरो अझ बेसरी रुँदै हुन्छ)... ऊ आफ्नू शीताङ्गलाई बिर्सन्छ... भोलि बिहान सात बजेदेखि मेलोमा जोतिनुपर्ने बन्धनलाई बिर्सन्छ ... सात बजे पाइने दुइटा पाउरोटी र एक कप चियाको ब्रेकफास्टलाई बिर्सन्छ... महिना मरेपछि नगद पाउने रु. दशलाई बिर्सन्छ... !

तर भोलि मालिकले गाँजाको गन्ध पायो अर्थात् उसले गाँजा-चरेस खान्छ भन्ने थाहा पायो भने त्यस रेष्ट्राँबाट पाकेको तलब छाडेर निस्कनुपर्छ भन्ने बिर्संदैन, किनभने उसले त्यही अपराधको दण्डस्वरूप हरेक रष्ट्राँबाट निकालिमागेको हो।

ठुटो राम्रोसँग निभाएर फ्याँकिदिन्छ, तर ऊ ठुटो फ्याँक्न झट्कारेको हात फर्काउन सक्ने स्थितिमा हुँदैन चरेसको मातले गर्दा। उसको जिभ्रोमा चरेसको तीतो-तीतो स्वाद आइरहेको हुन्छ। घाँटी सुकेको हुन्छ।

भोलि दिउँसो देख्छ, हिजो राति रुने कुकुरको छाउरो आमाको लाम्टा चुस्दै थियो। यस दृश्यले उसलाई भरेका लागि चरेसदार चुरोटको जोहो गरिराख्न सम्झाइदियो, आमा होइन।