संझना तिम्रो आँखामा थियो
आँशुमै बगी गयो
तस्विर तिम्रो खै कहाँ छ र
मेटिएर सादा भयो ।
तस्विर तिम्रो जति नै बनाउँ
आँशुले पखाल्छ
तस्विर विना खै जीवन कहाँ
मन मेरो डराउँछ ।
अँधेरी रातको त्यो चिसो हावा
सुसाउँछ बेस्सरी
सपनीमा पो चोरुंला भन्थे
भागेछौ सुस्तरी ।
खै कहाँ खोजुं, कहाँ पो पाउँ
बल्झियो पुरानो घाउ
बिर्सन खोज्दा सकिन मैले
प्रिय तिमी नै यहाँ आउ ।
No comments:
Post a Comment