Tuesday, June 7, 2011

Kabita 4

बुद्धिमान प्राणी !
मान्छे भनेर चिनिने
मान्छेभित्र
अर्को मान्छे हुँदो रहेछ, बाहिरको मान्छे
मान्छे जस्तो देखिए पनि
मान्छे भित्रको मान्छे
बिल्कुल फरक हुँदो रहेछ

मुखले मान्छे बोले पनि
उही मान्छेभित्र मनले
अर्कोमान्छे बोल्दो रहेछ, मान्छेको छाला ओढेर
मान्छे भनेर चिनिने
त्यही मान्छेभित्र
कुमान्छेको डरलाग्दो
बिराटस्वरुप हुँदो रहेछ

मान्छेले मान्छेलाई
मान्छे जस्तो देखे पनि
मान्छेभित्रको त्यो
कुमान्छे देख्न नसकिंदो रहेछ, मान्छेले आफूलाई
'
मान्छे भएको' देखाउन खोजे पनि
उही मान्छेले आफूभित्र सधैं
कुमान्छे लुकाएर राख्दो रहेछ

No comments:

Post a Comment