Tuesday, June 28, 2011

परिश्रमी


जून निभेको आकाश कति नरमाइलो
हरसमय सन्त्रास कति नरमाइलो

खुसी छैन कतै खुलेर हाँसेको
मनहरु छन् उदास कति नरमाइलो

दोहोरिन्छन् दुर्घटनाहरु मात्रै
मृत्युको नै आभास कति नरमाइलो

जताततै सङ्कटमा परेको छ
आस्था र विश्वास कति नरमाइलो

आत्मीयता सद्भाव र ममता खोइ
घात अनि उपहास कति नरमाइलो

धनेहरु बसाई सर्छन् आज पिन
भई उठिवास कति नरमाइलो

अब छैन ुघनश्यामु वृन्दावनमा
हर्ष र उल्लास कति नरमाइलो

No comments:

Post a Comment