Tuesday, June 7, 2011

Kabita 4

मेरा नारीसुलभ शिष्टताका हार्दिक समावेशले
तिमी सुरम्य नभएका पनि हुन सक्छौ तै पनि
यदि मेरा प्रीत प्रतिकहरु प्रति
साँच्चै तिमीले कुनै पूर्वाग्रह नलिए
म सायद
अतिरन्जनाको दोषी नहुन पनि सक्छु ।
प्रणयका सम्पूर्ण पलहरु
सौम्य श्लील र शालीन हुन्छन्
त्यसैले त
प्रेम प्राप्तिमा नभएर
त्यागमा प्रतित र पल्लवित हुने गर्छ
मुटुको साँगुरो सीमा नाघेर प्रेमप्रीतका लहरहरु
उम्रनु पर्छ स्नेहले हाम्रा आफ्नै छातीबाट
अन्यथा
मेरा आदर्शकान्ता बन्ने ध्येयहरुमा
मैले एकोहोरो अलाप्नु व्यर्थ हुनेछ ।
तिम्रा शाब्दिक भावहरुले
उच्च-उच्च हिमश्रृंखलाका प्रेरणा झैं
मेरा मानसपटललाई सुन्दर स्पर्श गर्न सकोस
मेरो अन्तरचाहाना सम्झ यति मात्र हो ।
जीवनका अनेकौं याम र क्षणहरु छोएर बग्नु छ
कतै सिर्जनाका प्रसव पीडाका समयमा
शाश्वत सत्य बिर्सदा
     सिर्जित तत्व काल्पनिक उडान मात्र हुन्छ कि
आखिर प्रेम उम्लन्छ एउटै मुटु मध्यबाट
अनि उर्लैदै अर्को मुटुलाई ढाकिदिन्छ
तिमी बिचार र बिश्लेषण त गर प्रेमको अथाह अमूर्तता
कुनै व्याख्यामा कदापी अटाउँदैन
वियोगमा बचनका अभिब्यन्जनाले
कहिलेकाहीं छाती चस्स चस्काउँदा पनि
हाम्रा प्रणय अनुभूतिका
सुकोमल उद्गारहरु
एकपटक स्वस्फूर्त प्रस्फुरित भैिदंदा
     दुखेका घाउहरु
     छिट्टै शान्त हुने गर्छन्     केवल दुवैले समर्पणको धुरी छुन सक्नु पर्छ

No comments:

Post a Comment