Tuesday, June 7, 2011

Gajal 4

नेपालीलाई खुशी फेरी आउने हुन् की होइनन्
सन्ततीले नेपाल भन्न पाउने हुन् की होइनन्
भावी दिनमा सारा नेपाल खरानी पो हुने हो की
नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो की
गाथाहरु सगरमाथा धाउने हुन् की होईनन्
सन्ततीले नेपाल भन्न पाउने हुन् की होईनन्
एउटै गाथा एउटै भाकामा गाउने नेपालीले
सेतो हिमाल संग माया लाउने नेपालीले
डर छ फेरि एउटै भाका गाउने हुन् की होईनन्
सन्ततीले नेपाल भन्न पाउने हुन् की होईनन्

No comments:

Post a Comment