मानिस भन्दा बढि देउता भएर होला
न त मानिसको मुल्य छ
न त देउताको,
मुल्य त नाइके को
जो जे को नाइके होस्
नाइके को पुजा हुन्छ
देउताको, मानिसको जे को होस्
नाइके हुनु पर्छ
चिनिन लाइ पुजिन लाइ
कति संगठन् छन?
कतो संघ छन ?
तिन जनाको चार पगरि
मान्छे भन्दा बढी संस्था
देश कहाँ पुग्नु पर्ने
यीनका घोषणा मा?
सबैलाई नाइके हुनु छ
चिनिनु न छ
चिनाइनु छ
कुम्ल्याउन सकिन्छ कि ?
हात् चाटन बनेका नाइके बकुल्ला
रानीपोखरि मा तपस्या गरी रहेछ
अर्धनयन पानि मा नियाल्दै
निमेमैष बकुल्ला उड्छ
अर्को तयार छ तपस्याको लागि
के यी मृतक संघ खोलेर
नआउलान भन्न सकिन्छ र ?
लखन थापाको अध्यक्षतामा /
No comments:
Post a Comment