Tuesday, June 7, 2011

Kabita 6

रातो दिन विक्षिप्त लिप्साको भरमा तम्सीएर
निरन्तर कफ्र्यू लगाए पनि आँखा र मुटु बन्द भएको स्वचालित हतियार चलाएर सारा नदीहरु सुकाउन खोजे पनि
खुनीहरुको आदेशमा धरपकड संगै गोला बर्षाएर सारा जीवनहरु गायब गर्न खोजे पनि
जंगली पाशविककोब्रा र कालो गोमनले झैं भम्टाएर
सारा सहरहरु शुन्य पार्न खोजे पनि तिब्र डसाइले ढलेका जीवनहरु गायव बनाएर सन्नाहट छाउन खॊजे पनि ज्ञात भयो अब तँलाइ
तिनै महान जीवनको लाल रगतबाट
साडे २ करोडमा रक्त बिज छाइ सकेकेा छ अब त तेरो चारै दिवाल घेरामा परेको छ
तेरा सारा बाटो बन्द गर्न लाखौंलाख ढालहरु उत्पत्ति भएका छन् हुन त तैंले गोली र बारुदको तँुवालो नलाएको होइनस् !
सुर्य ढाक्ने दुस्प्रयास नगरेको पनि होइनस्
नदि सुकाउन नखोजेको पनि होइनस् ग्रेटवाल उभ्याउन नतम्सेको पनि होइनस् तर सुर्यको तेजले तँ आफै हराउन बाध्य भईस्
सागरहरुको छालले तँ आफै किनारा लाईस्
तुफान नदिको बेगले तँ आफै बिलाईस्
किनकी तेरो कालो इतिहास अब दन्त्य कथा हुनेभो अबको नयाँ यूग सुनौला हातहरुले कोरीने भाे तेरो झुट कर्तुत र दमनका निर्लज्ज सालिकहरु
स्वाभिमानीहरुका हत्केलाले भत्काइने भो
त्यसैले ठिक यही समयमा नेपाल आमा प्रसुति बेदनाले छट्पटाउँदै छिन् अब छिट्टै जन्मने छ शिशु गणतन्त्र नेपाल
मेटिदैछ इतिहासको तेरो कालो नेपाल
उदाउँदै छ नेपालीहरुको नयाँ नेपाल
सुनौलो नेपाल गणतन्त्र नेपाल ।

No comments:

Post a Comment