Tuesday, June 28, 2011

शिरिष


आगोलाई सम्हाल्नुपर्छ माटो हाम्रो सजाउन
शान्ति दिप बाल्नुपर्छ माटो हाम्रो सजाउन ।

सुरक्षित राजधानी शहरमा मात्र हैन
गाउँबेसी चाल्नु पर्छ माटो हाम्रो सजाउन ।

भल भल रगतको बाढीले सिन्चेर हैन
पसिनाले गाल्नुपर्छ माटो हाम्रो सजाउन ।

मेरो सक्ति मेरै भक्ति भनी बस्ने अभिमानी
खम्बाहरु ढाल्नुपर्छ माटो हाम्रो सजाउन ।

पैसा निम्ति ईमान बेच्ने राष्ट्रघाती भ्रस्टहरु
आजै जेल हाल्नुपर्छ माटो हाम्रो सजाउन ।

पर भर पर्न हुन्न मिलिजुलि आजैदेखि
कर्मज्योति बाल्नु पर्छ माटो हाम्रो सजाउन ।

आपसमा लुछाचुँडी नगरेर हृदयमा
देशभक्ति पाल्नुपर्छ माटो हाम्रो सजाउन ।

No comments:

Post a Comment