Tuesday, June 7, 2011

Kabita 4

बुद्धिमान प्राणी !
मान्छे भनेर चिनिने
मान्छेभित्र
अर्को मान्छे हुँदो रहेछ, बाहिरको मान्छे
मान्छे जस्तो देखिए पनि
मान्छे भित्रको मान्छे
बिल्कुल फरक हुँदो रहेछ

मुखले मान्छे बोले पनि
उही मान्छेभित्र मनले
अर्कोमान्छे बोल्दो रहेछ, मान्छेको छाला ओढेर
मान्छे भनेर चिनिने
त्यही मान्छेभित्र
कुमान्छेको डरलाग्दो
बिराटस्वरुप हुँदो रहेछ

मान्छेले मान्छेलाई
मान्छे जस्तो देखे पनि
मान्छेभित्रको त्यो
कुमान्छे देख्न नसकिंदो रहेछ, मान्छेले आफूलाई
'
मान्छे भएको' देखाउन खोजे पनि
उही मान्छेले आफूभित्र सधैं
कुमान्छे लुकाएर राख्दो रहेछ

Kabita 3

जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,
कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ,
यात्रा कस्तो भयो कुन्नी कस्ले भनिदेला यहाँ,
पुगेर पनि फर्किसके सम्झिदा त झस्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,
हिंडे थिए पाइला हरु अर्कै ठाउ पुग्छु भनि,
बिच मा पुगि अल्मलियो कहा कता जाउ भनि,
कहिले नपुगेको ठाउ पुग्दा त तर्सिएछु,
केहि ल्याउने आशा थिएन तर म त रित्तिएछु
जानु थियो जहा मलाइ गएर पनि फर्किएछु,
केहि ल्याउने आशा थिएन तर म त रित्तिएछु ।

Kabita 2

घरघर झगडा यो,आज कल्ले गरायो
किन पलभरमै त्यो,भाइचारा हरायो?
तनमन  वनपाखा, हेर देशै  उदासी
दिन दिन किन लड्छौ,भाइ नेपलवासी?
                   
डमडम कुहिरोले, जून आकाश  ढाक्दा
धुरुधुरु मन मेरो, रुन्छ तारा न हांस्दा।
विमल गगन हो यो,  देश नेपाल मेरो
जन जति सब तारा, जून पाहाड मेरो ।।
                   
सब जग तिर रातै,  रक्तको भेल बग्दा
थररर मुटु काँप्यो,लौ न यी भाइ मर्दा ।
डुडुडुडु  बमगोला , पड्किएको छ ब्यर्थ
यति भलभल बग्ने, रक्तको खै त अर्थ??                       
                 

जव जव  धरतीमा,  युद्दको बास हुन्छ
सब झलमल बल्ने ,सृस्टिको नास हुन्छ।
अब बल न गरौं हे,  युद्दको पार  हुन्न
जन सब न रहे यो, क्रन्तिको सार हुन्न।।
                  ५
पल पल न मगाऊँ,  सर्प गोला विदेशी
भलभल  न बगाऊँ,  रक्त तातो स्वदेशी।
खलबल न  बनाऊँ,  शान्त नेपाल हाम्रो
डगमग  न  डगाऊँ,  राष्ट्रको शान हाम्रो।।
                 
खलखल पसिनाको, मूल ठूलो फुटाऊँ
नवनव  रचनामा,  शक्ति सारा जुटाऊँ।
परभर  न परौं है, भूमि आफै सजाऊँ
अलमल न गरौं है, राष्ट्र आजै  बचाऊँ।।
 
सँगसँग रथ हाँकौं, लक्ष्य सोझै पुगिन्छ
दलदल भुवँरीमा,  नत्र  छिट्टै  डुबिन्छ ।
अब समय न टारौं, द्वन्द आगो न पालौं  
अझ पनि छ नि वेला,शन्तिको दीप बालौं।।

Kabita 1

खुइय खुइय सुस्केरा
बाँचेका मनमा मैला
बाँचेका अर्ध अंगमा
साँचेका खैलाबैला ।

के भनेर आएका हौँला
के दिएर जाऔँला
आफैँमा नष्ट भएर
के लिएर जाऔँला ।

यि हात के अर्थले भन्नु
औँलाहरुका विना
कसरि शरिर भनुँ
शिर पाइताला विना ।

देशलाई कसरि नापुँ
सिमा सर्दै गए
छिमेकि कसलाई मानुँ
छिन छिनमा मर्ने भए ।

आफँै अनुहार कोतरेर
अधिकार माग्दैछौँ
नदेखि छिँडिमा गाढधन
पल्लो घर चहार्दैछौँ ।

आफँैमाझ लुछाचुँडी
जनता सुकेका गफले
कसैका ठूला भूँडी ।

पुर्खाले दिएका सम्पत्ति
फ्याँकीएका नालीमा
आँगनमा बसेर आफ्नै
वारुद फ्याँक्दै पालीमा ।

पराल सुकेझैँ आमा
न रुप छ न रंग
विदेशी निन्द्राको मातमा
सन्तान सँधै नै दंग ।

छाना भित्ता र जगविना
घर कसरि बन्ला र
आँफै आफँैमा लड्दा
कसैले हामिलाई गन्ला त ।

सँधैका विदेशी भयौँ
फर्कने लक्षण छैन
सुस्केरा लम्बिँदैछ
रोकिने कदापि होइन ।

Gajal 26

[gajal+26.JPG]

Gajal 27

[gajal+27.JPG]

Gajal 28

[gajal+28.JPG]