Tuesday, June 28, 2011

रित्तिएछु


जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,
कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ,
यात्रा कस्तो भयो कुन्नी कस्ले भनिदेला यहाँ,
पुगेर पनि फर्किसके सम्झिदा त झस्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,
हिंडे थिए पाइला हरु अर्कै ठाउ पुग्छु भनि,
बिच मा पुगि अल्मलियो कहा कता जाउ भनि,
कहिले नपुगेको ठाउ पुग्दा त तर्सिएछु,
केहि ल्याउने आशा थिएन तर म त रित्तिएछु
जानु थियो जहा मलाइ गएर पनि फर्किएछु,
केहि ल्याउने आशा थिएन तर म त रित्तिएछु ।

गजल


बेलबारीमा बेल पाकेछ र्सबत बनाइ खाउँ लाग्यो
बेल रोप्नेकै हात समाई तिनकै गीत गाउँ लाग्यो

साहित्यको फूलबारीमा हिँड्दा रै'छन् नानीहरू
कविताको मुठ्ठी बोकी काकुमतिरै जाउँ लाग्यो

उज्याला छन् मनहरू कत्रि्रेमी जनहरू
एउटा सानो कुटी बनाई आजै मित लाउँ ला

परिश्रमी


जून निभेको आकाश कति नरमाइलो
हरसमय सन्त्रास कति नरमाइलो

खुसी छैन कतै खुलेर हाँसेको
मनहरु छन् उदास कति नरमाइलो

दोहोरिन्छन् दुर्घटनाहरु मात्रै
मृत्युको नै आभास कति नरमाइलो

जताततै सङ्कटमा परेको छ
आस्था र विश्वास कति नरमाइलो

आत्मीयता सद्भाव र ममता खोइ
घात अनि उपहास कति नरमाइलो

धनेहरु बसाई सर्छन् आज पिन
भई उठिवास कति नरमाइलो

अब छैन ुघनश्यामु वृन्दावनमा
हर्ष र उल्लास कति नरमाइलो

संझना तिम्रो....


संझना तिम्रो आँखामा थियो
आँशुमै बगी गयो
तस्विर तिम्रो खै कहाँ छ र
मेटिएर सादा भयो ।

तस्विर तिम्रो जति नै बनाउँ
आँशुले पखाल्छ
तस्विर विना खै जीवन कहाँ
मन मेरो डराउँछ ।

अँधेरी रातको त्यो चिसो हावा
सुसाउँछ बेस्सरी
सपनीमा पो चोरुंला भन्थे
भागेछौ सुस्तरी ।

खै कहाँ खोजुं, कहाँ पो पाउँ
बल्झियो पुरानो घाउ
बिर्सन खोज्दा सकिन मैले
प्रिय तिमी नै यहाँ आउ ।

शिरिष


आगोलाई सम्हाल्नुपर्छ माटो हाम्रो सजाउन
शान्ति दिप बाल्नुपर्छ माटो हाम्रो सजाउन ।

सुरक्षित राजधानी शहरमा मात्र हैन
गाउँबेसी चाल्नु पर्छ माटो हाम्रो सजाउन ।

भल भल रगतको बाढीले सिन्चेर हैन
पसिनाले गाल्नुपर्छ माटो हाम्रो सजाउन ।

मेरो सक्ति मेरै भक्ति भनी बस्ने अभिमानी
खम्बाहरु ढाल्नुपर्छ माटो हाम्रो सजाउन ।

पैसा निम्ति ईमान बेच्ने राष्ट्रघाती भ्रस्टहरु
आजै जेल हाल्नुपर्छ माटो हाम्रो सजाउन ।

पर भर पर्न हुन्न मिलिजुलि आजैदेखि
कर्मज्योति बाल्नु पर्छ माटो हाम्रो सजाउन ।

आपसमा लुछाचुँडी नगरेर हृदयमा
देशभक्ति पाल्नुपर्छ माटो हाम्रो सजाउन ।

मनको कुरा


मनका कुरा लेखु भने

साउने झरी बर्सी दिन्छ

बिगतलाई सम्झु भने

यो मन त्यसै तर्सी दिन्छ ।
थाहा थिएन पहिले मलाई

भित्रि मुटु दुख्छ भनी

बाचा कसम खाएकै थिएँ

नछुट्टीने कहिले पनि ।


पवन आइ उडाईदियो

दुख्ने घाउ सबै आज

चन्द्रमाझैं उदाउ भन्थे

परीगयो साँझ ।

Tuesday, June 7, 2011

मान्छे

मान्छेको मन पढ्न, चिन्न नसकी मान्छे यहाँ फस्दछ
आफ्नो यो बुइँमा चढाइ भुइँमा मान्छे स्वयं फाल्दछ
हेर्दा बाहिर जे छ भित्र पनि त्यो उस्तै कहाँ हुन्छ र
मान्छेको मन पढ्न चिन्न कहिल्यै मान्छे कहाँ सक्छ र ।
मान्छेको व्यवहार सङ्गतगुना बन्नेछ जस्तो पनि
मान्छे शील-स्वभाव, आचरणले छुट्टन्िछ कस्तो भनी
आफ्नो स्वार्थ अपूर्ण पूर्ण नगरी मान्छे कहाँ छाड्छ र
मान्छेकै भर, आड फेरि नमिले मान्छे कहाँ बाँच्छ र ।
वाचा गर्दछ जो भुलाउँछ उही गर्दै अनेकौँ भुल
चिप्लो घस्तछ जो फसाउँछ उही भन्ने सबैले बुझ
खोजेझैँ सब लोकको हित हुने मान्छे कहाँ मिल्छ र
मान्छेले सुख-दुःख बाँड्न नसके यो जिन्दगी चल्छ र ।
बिग्री हाल्दछ मेल यो बढिरहे सम्बन्ध राम्रो पनि
मान्छे बन्दछ शत्रुझैँ नजिकको सम्बन्ध बिग्रेपछि
मान्छेको मनभित्र कल्मष भए धोएर फालिन्छ र
मान्छेकै मन भाँचिएपछि कतै जोडेर जोडिन्छ र ।
मान्छेले डर मान्नुपर्छ किन हो देखेर मान्छे पनि
मान्छेको भीडमा हराउँछ यहाँ भेटेर मान्छे पनि
आफनो भिन्न स्वरूप धारण गरे मान्छे यहाँ बन्छ र
मान्छेले सुख-दुःखमा भिजिरहे संसार चल्दैन र ?